प्रेस विज्ञप्ति

भदौ २५ , २०८२  काठमान्डौ l देशमा Gen-Z पुस्ताको शान्तिपूर्ण प्रदर्शनको क्रममा जीवन गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति हामी गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
त्यस्तै, प्रदर्शनकै क्रममा घाइते हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौँ।

यस संवेदनशील घडीमा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई संयमित रहन विशेष अनुरोध गर्दछौँ। देशलाई सामान्य अवस्थामा फर्काउन सबैको सहकार्य, सहयोग र धैर्य अपरिहार्य छ भन्नेमा हामी दृढ छौँ।

सचेत नागरिक संस्था नेपाल विगतदेखि नै देशमा व्याप्त अन्याय, अत्याचार, विकृति र विसंगतिहरू विरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ। आज पनि हामी यही बाटोमा अडिग छौँ र सचेतना फैलाउने अभियानलाई थप सशक्त बनाउँदै अघि बढिरहेका छौँ।

हालको विषम परिस्थितिमा नेपाल प्रहरी लगायतका सुरक्षाकर्मीहरूले नागरिकहरूको पूर्ण सुरक्षा दिन नसक्ने अवस्था देखिएको कारण, कुनै पनि आपतकालीन अवस्था वा शंका लाग्ने परिस्थितिमा सचेतना नागरिक संस्था नेपालसँग तुरुन्त समन्वय गर्न सक्नुहुनेछ। हामी तपाईंहरूको साथ, सहयोग र सहकार्यका लागि २४ घण्टा तत्पर रहनेछौँ।

अन्त्यमा, हामी फेरि एकपटक सबै नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई संयमता, सहकार्य र एकताबद्धतासाथ अघि बढ्न आह्वान गर्दछौँ।

धन्यवाद !

सचेतना नागरिक संस्था नेपाल (दिपु उप्रेती)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top