निर्माण सामग्रीमा MRP नियम असान्दर्भिक: संघद्वारा ज्ञापनपत्र

नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई ज्ञापनपत्र बुझाउँदै निर्माण सामग्रीमा अनिवार्य MRP उल्लेख गर्नुपर्ने नियम असान्दर्भिक भएको जनाएको छ। संघका अनुसार बालुवा, इट्टा, सिमेन्ट, रड, काठ, टायल्स जस्ता सामग्री थोक तथा परिमाणका आधारमा बिक्री हुने भएकाले निश्चित MRP लागू गर्न अव्यवहारिक हुने तर्क गरिएको छ।

आज नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौँको पहलमा वाणिज्य तथा आपूर्ति विभागका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ। व्यापारीहरूलाई भइरहेको समस्याहरू तथा बजारमा MRP राख्नुपर्ने विषयमा संघका अध्यक्ष अचुतम कटवाल संरक्षक सुरजराम वैद्य सहितका प्रतिनिधिहरू, हकहित संरक्षणका माधव तिमिल्सिना, र सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेती उपस्थित थिए। संघले व्यापारमैत्री नीति अवलम्बन गर्दै अनुगमन प्रक्रियामा लचकता अपनाउन सरकारसँग माग गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top